चिकित्सकलाई चुनाव लाग्यो


काठमाडौँ, ७ पुस । नेपाल चिकित्सक संघ एनएमएको आसन्न निर्वाचनका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूह र पेशागत समावेशी समूह गरी दुई प्यानल निर्वाचनका लागि होमिएका हुन् । दुवै समूहले घोषणापत्र सार्वजनिक गर्दै आफ्नो प्यानलले जित्ने दाबी गरेका छन् ।

दुवै समूहले राजनीतिक पार्टीभन्दा फरक पेशागत तथा लोकतान्त्रिक समूह दाबी गरे पनि नेपाली काँग्रेस निकट लोकतान्त्रिक समूह र नेपाल कम्युनिष्ट पार्टी, मधेशवादी दल लगायतको अन्य समूह समावेशी प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । पेशागत समावेशी समूहले हालसम्म लोकतान्त्रिक प्यानलले चिकित्सक संघलाई नेतृत्व गरिसकेकाले नयाँ समूहको नयाँ अनुहार आउने दाबी गरेको छ । समावेशी समूहबाट अध्यक्ष पदका प्रत्यासी डा. पुष्पमणि खनालले आफ्नो प्यानलले जितेमा नेपाल चिकित्सक संघमा व्यापक सुधार गरेर अघि बढ्ने बताए। यता, लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदका प्रत्यासी डा. लोचन कार्कीले चिकित्सकको हितमा पाँच बुदे प्रतिवद्धता सार्वजनिक गर्दै चिकित्सकको पेशागत सुरक्षा र वृत्ति विकासलाई मुख्य जोड दिएको बताए।

आगामी चिकित्सकहरुको चुनावको लागि पेशागत समावेशी समूहबाट डा. पुष्पमणि खराल अध्यक्ष, डा. रक्षा श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष, डा. रञ्जितकुमार झा उपाध्यक्ष, डा.मधुर बस्नेत महासचिव, डा.सन्जितकुमार शाह कोषाध्यक्ष, डा. शैलेन्द्र झा सहसचिव, डा. उदयनारायण सिंह सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिएको छ । यस्तै सदस्यहरुमा डा.दीपकप्रसाद कोइराला, डा. जगदिशचन्द्र विष्ट, डा.लिजन महर्जन, डा. राकेशकुमार शाह, डा. सुमन काफ्ले र डा.। त्रिभुवनचन्द्र झाले उम्मेदवारी दिएको छ ।
गोरखापत्र दैनिकबाट