जन्म दिनको खर्च कटाएर क्यानडामा कार्कीले दिए राहत


क्यानाडा, २३ चैत्र । आफ्नो जन्मदिनको खर्च कटाएर क्यानडामा एक नेपालीले नेपालीलाई राहत वितरण गरेका छन् ।

जन्मदिनमा हुने खर्च कटाएर जनसम्पर्क समिति क्यानडाका महामन्त्री बसन्त कार्कीले केभिड–१९ प्रभावित क्षेत्रमा दैनिक उपभोग्य सामान वितरण गरेका हुन् ।

एक नेपालीले नेपाली लाई राहत वितरण गरेका छन । केही दिन देखि जनसम्पर्क समितिले वितरण गरिरहेको राहतमा केही थप गरि संस्था र आफ्नो

दुबै समाबेश गरी बितरण गरकोे उनले बताएका छन । जन्म दिनमा छुट्टयाइएको उनको खर्च राहत वितरणमा लगानी भएपछि सबैले उनको प्रशंसा गरेका छन् ।

कार्की र जनसम्पर्क समितिले संयुक्त रुपमा ३५ जना नेपाली विद्यार्थीलाई राहत वितरण गरेको हो । भर्खरै नेपाल बाट आएका,जागिर नपाएका तथा कोरोना भाइरस त्रास बाट घरमै बसेकाहरुको लागि राहत वितरण गरीएको जनसम्पर्क समितिले जनाएको छ ।

केही दिन देखि राहत वितरण कार्य जनसम्पर्क समितिले नियमित बनाएको छ । यो क्रम अझै केही दिन चल्छ राहत आवश्यक परेकालाई पनि सम्पर्क गर्न अनुरोध गरेका छौ जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धि प्रकाश ओलीले बताए ।

जन सम्पर्क समितीले ग्रेटर टोरन्टो एरीयाको बेरी सिटीमा आदि क्षेत्रमा पनि राहत वितरण गरेको बताइएको छ । उक्त कार्यमा कार्यबाहक सभापति चन्दा अधिकारी सहित अन्य वोर्ड सदस्यहरुको सहभागीता रहेको जनसम्पर्क समिति क्यानडाले बताएको छ ।