काठमाडौं, १ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कोरोना महामारीविरुद्ध लड्नको लागि सबै दल सम्मिलित छुट्टै राजनीतिक संयन्त्र बनाउनुपर्ने माग गरेपछि राजनीतिक रुपमा तरंग पैदा भएको थियो । तर, त्यसको दुई दिनमै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले छुट्टै कुनै संयन्त्र आवश्यक नरहेको टिप्पणी गरेर प्रचण्डलाई जवाफ फर्काएका थिए ।
आज राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने “जनता जान्न चाहन्छन्” कार्यक्रमको लागि पत्रकार ऋषि धमलाले अध्यक्ष दाहालसँग् विशेष कुराकानी गरेका छन् । उक्त अन्तर्वार्तामा अध्यक्ष दाहालले आफूले कुन सन्दर्भमा संयन्त्र बनाउनुपर्ने कुरा गरेको, प्रधानमन्त्रीसँग आफ्नो व्यक्तिगत सम्बन्ध, पार्टी र सरकारबीचको सम्बन्ध र नेपाल-भारत सम्बन्ध, नेपाल-चीन सम्बन्ध लगायतका विषयमा रोचक खुलासा गरेका छन् ।
यो अन्वर्तार्ता टिभीमा आज राति ८ः०० बजे प्रशारण हुनेबित्तिकै प्राईमको युट्युब च्यानल मार्फत प्रशारण हुने पत्रकार धमलाले जानकारी दिए ।
नोट :यो समाचार अन्तर्वार्ताको प्रर्वद्धनात्मक सामग्री हो ।




प्रतिक्रिया