काठमाडौं, २१ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हिजो (शनिबार) को सचिवालय बैठकसँगै आन्तरिक विवाद साम्य भएको छ । गत बुधबारको सचिवालयमा बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजोको बैठकमा भने आफूलाई नाटकीय रुपमा प्रदर्शन गर्दै मिलेर जानुको विकल्प नभएको भन्ने ओलीको प्रस्तावमा सही थपेका थिए ।
अध्यक्षद्धय ओली र प्रचण्डबीच सचिवालयको बैठक सुरु हुनुअघि नै छुट्टै ४० मिनेट भेटवार्ता भएको र सोही भेटवार्तामा सहमति बनेको पनि नेकपानिकट स्रोतको दाबी छ । तर, ओली र दाहालबीच कस्तो सहमति भएको थियो ? भन्ने कुरा थाहा पाउने केही समय कुनुपर्नेछ । तर, हिजोको सचिवालय बैठकपछि बरिष्ठ नेता माधव कुमार नेपाल भने अध्यक्ष दाहालसँग सशंकित बनेका छन् । यसअघि नेता नेपालको साथ लिएर दाहालले ओलीको राजीनामा मागेका थिए । ओलीले तेस्रो अध्यक्ष बन्न प्रस्ताव गर्दासमेत नेता नेपालले ठाडै अस्विकार गरेका थिए । उनी दाहालसँग मिलेर ओलीविरुद्धको मोर्चाबन्दीमा थिए ।
प्रचण्डबाट ‘धोका भयो’ भन्दै माधव नेपालले थाले परामर्श
तर, निर्णायक क्षणमा दाहालले ओलीसँग सम्झौता गरेर आफूलाई धोका दिएको नेता नेपालको गुनासो रहेको उनीनिकट नेताहरुले बताउन थालेका छन् । हिजोको सचिवालय बैठक सम्पन्न भएपछिपनि नेता नेपालले दुईजनाको चोमोचो अब सहिन्न भन्ने प्रतिक्रिया दिएका थिए । नेता नेपालले आफूनिकट स्थायी कमिटी सदस्यहरुसँग पूनः परामर्श थालेका छन् । अब कसरी अघि बढ्ने ? र बैशाख २५ गते विहान ११ बजे बस्ने स्थायी कमिटीको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति बनाउनको लागि पनि नेता नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरु आज कोटेश्वर पुगेका स्रोतको दाबी छ । File Photo




प्रतिक्रिया