काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीसँग ऋषि धमलाको अन्तरवार्ता प्रसारण भइरहँदा एक युवकले आफ्नो टेलिभिजन फुटाएका छन् । प्राइम टाइम टेलिभिजनमा अन्तवार्ता प्रसारण भइरहँदा सिमाबारे गिरीले विवादास्पत अभिव्यक्ति दिएकी थिइन् ।
धमला लिम्पियाधुरा नेपालको हो र जनता पनि त्यही भनिरहेका छन् नि भनी प्रश्न गरिरहेका थिए । गिरीले लिम्पियाधुरा नेपालको होइन भनिन् । उनले पटक पटक त्यो नेपालको होइन र प्रमाण पनि छैन भनी उत्तर दिएपछि युवकले टेलिभिजनमा प्रहार गर्न थाल्छन् । उनी आक्रोशित भई टिभी फुटाइदिन्छन् ।
यसअघि प्राइम टाइम टेलिभिजनमा सरिता गिरीले अन्तवार्ताका क्रममा लिम्पियाधुरा नेपालको होइन भनी अभिव्यक्ति दिएपछि विवादमा आएकी थिइन् । उनीमाथि कारबाहीको माग समेत बढेको छ । गिरीका कारण अंगिकृत नागरिकलाई सांसद बनाउन हुन्न भन्ने माग बढ्न थालेको छ ।

भिडियो हेर्नुहोस्ः
लास्टसम्मै हेर्नुहोला। हाम्रो राष्ट्रवाद यस्तो छ। pic.twitter.com/pVgLVm3SQz
— मिस्टर बाघ (@agyat13) June 11, 2020




प्रतिक्रिया