लन्डन, असार ३ । कोभिड–१९ का कारण करिब तीन महिनादेखि स्थगित रहेको इङ्लिस प्रिमियर लिग फुटबल आजदेखि सुचारु हुन लागेको छ। नेपाली समय अनुसार राती १०ः४५ देखि सुरु हुने पहिलो खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडको प्रतिस्पर्धा हुने भएको छ ।
खेल सुरु हुनुअघि कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौन धारण गरिनेछ।
कोरोना भाइरसको महामारी फैलिएपछि स्थगित भएका युरोपका चर्चित पाँच लिगमध्ये पुनः सुचारु हुने प्रिमियर लिग तेस्रो हो। यसअघि जर्मन बुन्डेस लिगा र स्पेनिस ला लिगा सुचारु भइसकेका छन्। इटालियन सिरिए सुचारु हुन बाँकी छ भने फ्रेन्च लिग यसअघि नै रद्द भइसकेको छ।




प्रतिक्रिया