कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो


एजेन्सी, १५ असार । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । संक्रमितको संख्या एक करोड नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर एक करोड २ लाख ३७ हजार संक्रमित भएका छन् । जसमध्ये ५ लाख ४ हजारको मृत्यु भएको छ ।
सबैभन्दा बढी अमेरिकामा एक लाख २८ हजारको मृत्यु भइसकेको छ । त्यहाँ २६ लाख ३६ हजार संक्रमित भएका छन् ।

ब्राजिलमा १३ लाख ४५ हजार संक्रमितमध्ये ५७ हजार ६ सयको मृत्यु भएको छ । रुसमा ९ हजारको संक्रमणबाट मृत्यु भएका छन् । ६ लाख ३४ हजार संक्रमित संख्या पुगेको छ ।

भारतमा ५ लाख ४९ हजार संक्रमित भइसकेका छन् । त्यहाँ १६ हजार ४ सयको मृत्यु भएको छ ।