वडाध्यक्षले अंगालो हाल्दै ‘चुम्बन’ मागेपछि…


कञ्चनपुर, असार १९ । जिल्लास्थित भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथले एक महिलामाथि दुव्र्यवहार गरेका छन्। वडा नम्वर ९ ब्रह्मदेवमा नै पसल व्यवसाय गर्दै आएकी एक महिलालाई वडाध्यक्ष नाथले दुव्र्यवहारको प्रयास गरेका हुन्।

बिहिवार दिउसोदेखि पीडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाध्यक्षले राती सवा ८ बजे उनीमाथि दुव्र्यवहारको प्रयास गरेको आरोपमा प्रहरीले वडाध्यक्ष नाथलाई पक्राउ गरेको छ ।

स्थानीयले महिलामाथि वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले नै दुव्र्यवहारको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय ब्रह्मदेवलाई घेराउ गरेका थिए। साथै इप्रकामाथि ढुंगामुढा समेत प्रहार भएको थियो। मदिरा सेवनपछि वडाध्यक्षले अंगालो हाल्दै ‘चुम्बवन’ मागेको स्थानीयको आरोप छ।