भारतमा आठ प्रहरीको हत्या


कानपुर, असार १९ । भारतको उत्तर प्रदेशस्थित कानपुर जिल्लामा आठ जना प्रहरीको हत्या भएको छ। शुक्रबार बिहान अज्ञात समूहले प्रहरीमाथि गोली प्रहार गरी एक डीएसपी, तीन सब इन्स्पेक्टर गरी ८ प्रहरीको हत्या गरेको हो।

ती समूहले घरको छानामा लुकेर गोली प्रहार गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। एजेन्सी