आधा पेट हुँदा पनि सञ्चालकले घाँटी निमोठ्न खोजेपछि तालाचावी बुझायौं : अध्यक्ष घिमिरे


मुकुन्द कालिकोटे : काठमाडौं, २६ असार । सिभिल मल व्यापार संघका अध्यक्ष रत्नबहादुर घिमिरेले कोरोना भाईरस (कोभिड १९) ले गर्दा आधा पेट खाएर बस्नुपर्ने अवस्था सिर्जना भएको बेला सञ्चालकले घाँटी निमोठ्न खोजिएकोले ताला–चावी बुझाउन बाध्य भएको बताएका छन् । कोरोनाका कारण व्यापार नभएको र भाडा तिर्न नसकेको भन्दै सिभिल मल व्यापार संघले सञ्चालकहरुलाई चावी हस्तान्त्रण गरेको हो।

शुक्रबार संघका अध्यक्ष रत्नबहादुर घिमिरेको नेतृत्वको टोलीले सिभिल मलको केन्द्रीय कार्यालय सुन्धारमा पुगेर सञ्चालक समितिका अध्यक्षलाई तला–चावी हस्तान्तरण गरेका हुन् । घिमिरेले भने,’ब्यापारीको मर्म र भावनालाई ठेस पुर्याउँदै लाखौ लगानी, करोडौँको राजश्व, दशौ हजारको रोजगारी तथा त्यसबाट आश्रित परिवारको भविष्यको अवस्था संकटमा पर्ने साथै कारोनाको प्रकोपले भविष्यमा पार्ने असलाई मूल्याङ्कन गर्दै ब्यापारीहरु पलायन हुने अवस्था आइसकेको अवस्था छ, यस्तो अवस्थामा हामीले भाडा बहाल रकम भुक्तानी गर्न नसक्ने भएकाले हामी सम्पूर्ण ब्यापारीहरुको पसलको चावी सञ्चालकलाई सामूहिक रुपमा हस्तान्त्रण गर्न बाध्य बनेका हौं।’

संघले जारी गरेको प्रेस विज्ञप्तीमा वार्ताका लागि सम्पूर्ण ब्यापारी, सिभिलको ब्यावसयाी वातावरण बचाइ राख्नका लागि मल सञ्चालक र ब्यापारी दुबै पक्षलाई गम्भीर भइ सन्तुलित सहमतिका लागि हार्दिक अपलि पनि गरेको छ।