पहिरोमा परी बाबा आमा गुमाएकी अमिनालाई १२ कक्षासम्म पढाई दिने जिम्मा लिए पौडेलले


साउन ११, तनहुँ । नेपाली काङ्ग्रेसका नेता प्रदीप पौडेलले पहिरोमा परी बाबा आमा गुमाएकी अमिना थापालाई १२ कक्षा सम्म पढाई दिने जिम्मेवारी लिएका छन् । शनिबार पहिरो पीडितको अवस्था बुझ्न तनहुँको रिसिङ गाउँपालिका (८ भैसिकिलिमा पुगेका नेता पौडेलले परिवारको अवस्था देखेपछी बालिकाको पढाईको लागि आफुले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

“कोहि पनि नागरिक आर्थिक अबस्थाकै कारण शिक्षा बाट बन्चित हुन नपरोस भन्ने हाम्रो उदेश्य हो, त्यसमा पनि बाबू आमा गुमाएको नानीलाई सहयोग गर्नु हामी सबैको दायित्व हो त्यसैले उनको पढाईको लागि सहयोग गर्छौ । हजुरबुबाको पनि आर्थिक स्थिती कमजोर भएका कारण नातिनिको लालनपालनमा समस्या छ । हाम्रो सानो सहयोगले नानिको उज्वल भबिस्य निर्माण गर्न सहयोग पुग्ने बिस्वास छ ।” पौडेलले भने ।

पौडेलले भने, “उनको पढाईको लागि हामिले ब्यबस्था मिलाउछौ, उनले भने । सधै झै घरमा बाबू आमासगै सुत्ने गरेको भएपनी त्यो रात्मा भने अमिना दिदिकोमा गएकी रहिछिन । दै्बको लिला भाग्यले उनलाइ बचायो ।”

नेता पौडेलले भने “घरमै पुगेर बालिकालाई देखेपछी बोल्न खोज्दा उनी रोइन, उनको रोदनले हामीलाई पनि भावुक बनायो ।”

अबिरल बर्साका कारण गत असार ३० मा खसेको पहिरोले घर पुरिदा अन बहादुर थापाको दुई छोरा दुई बुहारी र नातिनी गरि पाच सदस्यको मृत्यु भएको थियो ।