काठमाडौँ, ३१ साउन । बुढानिकण्ठ न.पा, कपन–११ स्थित् रहेको केयर बालगृहबाट ११ जना बालिकाहरुलाई केन्द्रिय कल्याण परिषद्का कर्मचारीहरुले जबरजस्ती बिना कुनै लिखित प्रमाणका साथ लगेको भन्दै ती बालिकाहरुको अवस्था तत्काल सार्वजनिक गर्न सरकारसमक्ष माग गरिएको छ ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर केयर बालगृहले बालिकाहरुको अवस्थालाई तत्काल सार्वजनिक गर्न सरकारसमक्ष माग गरेको हो । गत साउन २१ गतेका दिन केयर बालगृहमा रहेका ११ जना बालिकाहरुलाई केन्दिय बाल कल्याण परिषदका कर्मचारीहरु आई जबर्जस्ती खुट्टामा चप्पलसमेत लगाउन नदिई उठाएर लगेको र ती बालिकाहरुलाई किन र के कारणले लिएर गएको ? हो भन्दै आपत्ती जनाउँदै सरकारलाई उक्त विषयमा तत्कालै पहल गर्न र ती बालिकाहरुको अवस्थालाई सार्वजिनक गर्न आग्रह गरिएको छ ।
कार्यक्रममा बोल्दै केयर बालगृहकी सचिव रुपा अधिकारीले साउन २१ गते केन्द्रिय कल्यान परिषद्का कर्मचारीहरु आई जबरजस्ती बालिकाहरुलाई लगेको आरोप लगाएकी छिन् । उनले भनिन्,‘कल्याणकारी परिषद्का कर्मचारीहरुले बिना कुनै प्रमाण बालिकालाई एक हप्ताभित्र ल्याईदिन्छौं भनेर लगेका थिए । आज ११औँ दिन बितिसक्दाँ पनि ती बालिकाहरुको कुनै खबर आएको छैन् । उनले निश्पक्ष छानविन गर्दै सार्वजनिक गर्नसमेत सरकारसंग माग गरिन् ।
त्यसैगरी कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति तथा प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायले यस विषयमा तथ्यसत्यसहित निश्पक्ष ढंगले छानविन गर्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘११ जना बालिकाहरु कहाँ छन् भन्नेबारे सरकारले तथ्यसत्य बाहिर ल्याउँछ भन्नेमा म विश्वस्त छु ।’ उनले सम्बन्धित निकाय र सरकारले ती बालिकाहरुलाई सार्वजनिक गर्न जरुरी रहेको पनि बताए ।
उनले वर्तमान सरकार ‘एक्सन–ओरिएन्टेड’ रहेको सुनाउँदै बालिकाहरुको अवस्था सार्वजनिक गर्न संस्थाद्धारा गरिएको मागप्रति सम्बन्धित सरकारी निकायका पदाधिकारीहरुको ध्यान जाने पनि स्पष्ट पारे । ११ जना बालिकाहरु अहिले कहाँ छन् ? भन्नेबारे सरकारले छिटोभन्दा छिटो बास्तविकता बाहिर ल्याउनुपर्नेमा धमलाले जोड दिए । र, ती बालिकाहरुलाई सरकारले सुरक्षित रुपमा राखेको भन्ने आफूले सूचना पाएको पनि उनको विश्वास थियो । पछिल्लो समय नेपालमा बालबालिकाको उद्धार र पाल्ने नाममा कमाईखाने भाँडोको बनाउनेजस्तो विकृत काम भैरहेकोपनि धमलाले औंल्याए । देशभरिका बालगृहरुमा विभिन्न खालका समस्याहरु रहेको भन्दै मिडियाले पनि सत्य, तथ्य बाहिर ल्याउनुपर्नेपनि उनको तर्क छ ।
त्यसैगरी कार्यक्रममा विश्व हिन्दू अन्तर्राष्टिय ट्रय युवा महासंघका अध्यक्ष सागर थापाले बालिकाहरुलाई बालगृहबाट लगिएको कारण सो बालगृहमा रुवाबासी भएको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरेका छन् । उनले भने,‘अज्ञात रुपमा राखिएको बालिकाहरुलाई तत्कालै सरकारले ठोस कदम चाल्दै सार्वजनिक गर्नुपर्छ।’ उनले बालिकाहरुलाई जबरजस्ती लगिएकोमा उजुरी समेत अदालतमा दिइएको बताए । थापाले बालिकाहरुको खोजीमा सम्पूर्ण सञ्चार माध्यमहरुको दायित्व रहेको स्पष्ट पारे । उनले ती बालिकाहरुको अधिकार कहाँ छ भन्दै सरकारलाई प्रश्न तेर्साएका छन् । उनले भने,‘बालिकाहरुको खोजी गर्न हामी एकजुट हुनपर्छ र सरकार गम्भीर हुनुपर्छ ।’ सरकारले निश्पक्षढंगले छानविन गर्न आवश्यक रहेको ठहर गर्दै आफ्नो साथ रहेको बताए ।
केयर बालगृहद्वारा जारी विज्ञप्ति यस्तो छ
प्रेस बिज्ञप्ति
गत साउन २१ गतेका दिन बुढानिलकण्ठ नपा कपन–११ मा रहेको केयर बालगृहमा रहेका ११ जना बालिकाहरुलाई केन्दिय बाल कल्याण परिषदका कर्मचारीहरु आई जबरजस्ती खुट्टामा चप्पलसमेत लगाउन नदिई उठाएर लगेको र सो बालिकाहरुलाई किन र के कारणले लिएर गएको भन्नेबारे औपचारिक लिखित पत्रसमेत यस बालगृहमा नपाएको जानकारी गराउन चाहन्छौं ।
आज ११ औं दिन हुँदासम्म पनि हामीलाई ती बालिकाहरुसँग संपर्क गर्नबाट बन्चित गरिनुको कारण सार्वजनिक नगरिएकोले सम्बन्धित बालिकाहरुको अवस्था सार्वजनिक गर्न यही संचारमाध्यामबाट अनुरोध गर्दछौं ।
सम्बन्धित बालिकाहरुको आफन्त र शुभचिन्तकहरुबाट पनि हामीलाई बारम्बार चासो र खोजतलास भईरहेको छ । हाल ती बालिकाहरु कुन अवस्थामा छन कोभिड–१९ जस्तो महमारी फैलिएको बेला बालगृहमा सुरक्षित पठनपाठान र लालनपालन भईरहेको ती बालिकाहरुको भविष्यमा खेलवाड गर्ने सरकारी निकायप्रती नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छौ । यथासिघ्र बालिकाहरुको अवस्था, स्वास्थ्योवस्था सार्वजनिक गरी बाल अधिकारको सुनिश्चिताप्रति गम्भिर हुन यसै बिज्ञप्तीमार्फत हार्दिक अपिल गर्दछौं ।
रतन बहादुर चन्द
संयोजक
केयर बाल गृह
बुढानिलकण्ठ,कपन–११, काठमाण्डौं ।




प्रतिक्रिया