आज मध्यरातदेखि उपत्यकामा के गर्न पाइन्छ के पाइन्न


काठमाडौं, भदौ ३ । उपत्यकामा कोरोना संक्रमण बढेपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातदेखि निषेधाज्ञा लागू हुँदै छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले उक्त निर्णय गरी कार्यानवयनका लागि संघीय सरकारलाई आग्रह गरेका छ ।

बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा घोषणा गरिएको हो । अत्यावश्यबाहेक सबै सेवा बन्द हुने बताइएको छ ।

खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवाबाहेकका सवारी सञ्चालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।