कोरोना संक्रमितको संख्या सवा दुई करोड नाघ्यो, ज्यान गुमाउनेको संख्या आठ लाख नजीक


काठमाडौं, भदौ ४। विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड २५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड २५ लाख ७७ हजार ६ सय ४१ नाघेको छ ।

आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात लाख ९० हजार नौ सय ७७ जना पुगेको छ भने एक करोड ५३ लाख आठ सय ३५ संक्रमितको संख्या नाघेको छ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।

अमेरिकामा मात्र एक लाख ७६ हजार तीन सय ३७ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा एक लाख ११ हजार एक सय ८९, भारतमा ५३ हजार नौ सय ५४ जनाले कोरोनाका कारण गुमाईसकेका छन् ।

तथ्याङक अनुसार पछिल्लो समय मेक्सिकोमा समेत संक्रमणको ग्राफ बढ्दै गएको छ । मेक्सिकोमा पछिल्लो २४ घण्टामा सात सय सात जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् । हालसम्म मेस्सिकोमा ५८ हजार चार सय ८१ जनाको ज्यान गइसकेको छ ।

बिहिबार विहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार नौ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म १७ हजार सात सय जनाले कोरोना जितेका छन भने एक सय २० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । बुधबार मात्रै नेपालमा आठ जनाले कोरोनाका कारण ज्यान गुमाएको तथ्याङकले देखाएको छ ।