एजेन्सी, २९ भदौँ । मेत्थयु रोवसन नाम गरेको युवकलाई उनको बुबाले प्रत्येक वर्ष जन्मदिनको उपहारको रुपमा ह्विस्की दिने गर्दथे । उनले २८ वर्षदेखि निरन्तर ह्विस्की आफ्नो बुवाबाट प्राप्त गरिरहेका थिए। टोन्टनस्थित सन् १९९२ मा जन्मेका युवकले उक्त ह्विस्की बेचेर आफ्नो पहिलो घर किन्न रहम जम्मा गर्ने प्रयास गरिरहेका हुन् ।
२८ बटा जन्मदिनको अवसरमा पाएका २८ बटा ह्विस्कीलागी उनको बुबाले पाँच हजार युरो खर्चेका थिए । उक्त ह्विस्कीको मूल्य भने अहिले चालिस हजार युरो पर्नेे जनाइएको छ । युवकले भने, ‘हामी युवा पुस्ताका लागी उक्त उपहार उपयुक्त छैन् । तर,बुबाले कहिलै नखोल्न आग्रह गर्दै मलाई ह्विस्की उपहारको रुपमा दिएका थिए ।’ ‘आफू निकै ह्विस्की पिउन निकै सानो रहेको कारण ह्विस्की सजाएर राखे। उनले थपे।’ उनका अनुसार ह्विस्की नखोल्न हर प्रयास गरेको बताए ।

उनी यस लक्ष्य प्रति सफल पनि भएको जनाएका थिए । उनको बुवा पेटले पहिलो ह्विस्की सन् १९७४ मा किनेका थिए । रोवसनले आफ्नो सम्पूर्ण ह्विस्कीका बोतललाई ४० हजार युरोमा बेचेर घरका लागी डिपोजीट गर्ने निर्णय गरेका छन् । उक्त ह्विस्कीको खरिदका लागी अत्यधिक व्यक्तिले चासो देखाएको छ । विशेषगरी न्यूयोर्क र एसियाली मानिसहरु उक्त ह्विस्कीलाई किन्न इक्च्छुक रहेको बताए ।-Photo: Agency




प्रतिक्रिया