काठमाडौं, १९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले वर्तमान सरकार कोरोना महामारी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, धर्मपरिवर्तन नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न र भारतसँग वार्ता गरी अतिक्रमित भूमि फिर्ता लिन पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् ।

नेता थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो दाबी गरेका हु्न् । उनले लेखेका छन्,‘कोरोना महामारी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, धर्मपरिवर्तन नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न, भारतसँग वार्तागरी अतिक्रमित भूमि फिर्तालिन सरकार पूर्णरूपमा असफल भएको छ। प्रम @kpsharmaoli म तपाईंको शुभचिन्तक हुं,त्यसैले भन्छु- plz wake up,act fast before it’s too late.”




प्रतिक्रिया