ट्रम्पले अस्पतालबाट ह्वाइट हाउस फर्किदा भनेः कोभिडसँग नडराऔं


एजेन्सी, २० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन रात अस्पताल बसाईंपछि फर्किएका छन् । कोरोना भाइरसको संक्रमित भएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनी गएराति फर्किएका हुन् ।

अस्पतालबाट फर्किएपछि उनले कोरोना भाइरसबाट नडराउन भनेका छन् । उनले भनेका छन्, ‘कोभिडबाट नडराऔं । यसलाई जीवनमाथि हावी हुन नदिऔं ।’ ट्रम्पले ह्वाइट हाउस पुगेर बाल्कोनीमा बसी मास्क फुकालेका छन् ।

यसअघि ट्रम्पले अस्पताबाट फर्किने बताएका छन् । उनले आफू उत्कृष्ट अवस्थामा रहेको बताएका थिए ।

ट्रम्पले कोरोनाको उपचार गरिरहँदा अस्पतालबाट बाहिर कारको यात्रामा निस्किएका थिए । उनले समर्थकहरुलाई हात हल्लाएका थिए ।-तस्वीर स्रोतः एजेन्सी