पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टी


असोज २४, काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टी भएको छ । हिजो नमुना संकलन गरिएकोमा आज पोजेटिभ नतिजा आएको भट्टराईले जानकारी दिएका छन् ।

हल्का जोरो मशसुस भएपछि परिक्षण गराउँदा संक्रमण पुष्टी भएको उनले फेसबुकमार्फत जानकारी गराएका छन् । अहिले पनि जोरो आइरहेको र अरु लक्षण नदेखिएको उनले बताएका छन् । उनले पछिल्ला दिनमा आफुसँग सम्पर्कमा आएकालाई सतर्क रहन सुझाब दिएका छन् ।