नोट, स्टिल र फोन स्क्रिनमा कोरोना भाइरस २८ दिन जिवित हुनसक्ने, चिल्लो कपडामा बढी रहने


एजेन्सी, २६ असोज । कोरोना भाइरस कतिपय सतहमा २८ दिनसम्म पनि जिवित हुनसक्ने तथ्य पत्ता लागेको छ । यसअघि दुई या तीन दिनसम्म सतहमा जिवित हुनसक्ने वैज्ञानिक अनुसन्धानबाट निष्कर्ष निकालिएको नयाँ अनुसन्धानले २८ दिन जिवित हुनसक्ने देखाएको छ ।

अष्ट्रेलियाको नेस्नल साइन्स एजेन्सीले कोरोना भाइरस बैंकको नोट, फोनको स्क्रिन र स्टिलमा २८ दिनसम्म जिवित हुनसक्ने अध्ययनबाट पत्ता लगाएको हो ।

यसअघि भएका प्रयोगशालाको अध्ययनबाट कोरोना भाइरस बैंक नोट र ग्लासमा दुई देखि तीन दिन, प्लास्टिक र स्टिलमा छ दिनसम्म जिवित रहनसक्ने बताइएको थियो । यसपटकको अध्ययनले कोठाको जस्तै तापक्रम या २० डिग्री र अध्यारो रहेको ठाउँमा बैंक नोट, मोबाइल स्क्रिन, प्लास्टिक र ग्लासमा कोरोना भाइरस २८ दिनसम्म जिवित रहने देखाएको छ । जबकि फ्लु भाइरस यही अवस्थामा १७ दिनमात्र जिवित रहन सक्छ ।

यो अध्ययन भिरोलोजी जर्नलमा प्रकाशित भएको छ । जसमा कोरोना भाइरस तातो र चीसो स्थानमा २४ घन्टा रहेमा यसले संक्रमण गर्न नसक्ने हुन्छ ।

अध्ययनले कोरोना भाइरस चिल्लो ठाउँमा बढी समय रहने समेत देखाएको छ । चिल्लो कपडामा कोरोना भाइरस बढी रहन सक्छ ।