काठमाडौं, कार्तिक ७ । आज दसैंको सातौ दिन घर घरमा फूलपाती भित्र्याइदै छ। दसैंमा शुभसाइतको प्रतीकको रुपमा फूलपाती भित्र्याउने गरिन्छन्।
फूलपातीमा पूजा कोठामा केराको बोट, उखु, बेलपत्र, धानको बाला लगायतका सामाग्री भित्र्याउने गरिन्छ।
नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरेर फूलपाती बढाइँ गर्ने गरे पनि यो पटक कोरोनाका कारण औपचारिकतामा मात्र सिमित हुने जनाइएको छ। फूलपाती बढाईमा राष्ट्रपति सहभागि हुने चलन रहेको छ।
यस्तै हनुमानढोका दरबारको दसैंघरमा गोरखाबाट ल्यार फूलपाती भित्र्याउने परम्परा छ।




प्रतिक्रिया