“राज्यले सबै नागरिकलाई निशुल्क खोप लगाइदिन्छ “
काठमाडौं, ३ पुष । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पार्टीभित्र देखिएका समस्या अस्थायी भएको भन्दै ती सबै समाधान हुने विश्वास दिलाएका छन्। सिंहदरबारस्थित् अर्थमन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ नाफिजका नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले भने,‘नेकपाभित्र देखिएका केही समस्यका झाँकीहरु अस्थायी हुन् । यो आकाशमा बादल उडेजस्तो हो, आउँछ र जान्छ । यी सबै अस्थायी हुन् । संविधान, स्थायित्व गर्दै लगिन्छ । आर्थिक क्रान्तिसहित समृद्धि हाँसिल गर्ने हो ।’

कुराकानीको क्रममा मन्त्री पौडेलले राज्यले कोरोनाविरुद्धको भ्याक्सिन सबै नागरिकलाइ निःशुल्क लगाईदिने विश्वास दिलाए । उनले भने,“राज्यले सबै नागरिकलाई निशुल्क खोप लगाइदिन्छ । स्रोत जुटाउन अर्थलाई समस्या छैन । खोप आयातका लागि सफल भएका र अध्ययन भइरहेका मुलुकमा कूटनीतिक रुपमा कुराकानी भइरहेको छ । सुरुमा फ्रन्टलाइनर, त्यसपछि वृद्ध र अनि सबै नागरिकलाई खोप लगाउने तयारी भएको छ ।”
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम




प्रतिक्रिया