ओलीनिकट बिघटित प्रतिनिधिसभाको सांसद भेलामा को को गए


काठमाडौं, ६ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट बिघटित प्रतिनिधिसभाका सांसदहरुसँग छलफल गरेका छन् । उनले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले छलफलबारे जानकारी दिएका छन् । भेलामा प्रधानमन्त्री ओलीले संसद बिघटन गर्नुको कारणबारे ब्रिफिङ गरेका छन् ।

भेलामा प्रधानमन्त्री ओलीले नेकपा सचिवालय सदस्य इश्वर पोखरेल र महासचिव विष्णु पौडेललाई दायाँबायाँ राखेका छन्। प्रधानमन्त्रीसँगै अघिल्लो कुर्सीमा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र आपूर्तिमन्त्री लेखराज भट्ट पनि छन्।

भेलामा ओलीनिकट मन्त्रीहरु सहभागी छन् । बिघटित प्रतिनिधिसभाका सांसद महेश बस्नेत, गोकुल बास्कोटा, किसान श्रेष्ठ पनि सहभागी छन् ।

गृहमन्त्री रामबहादुर थापा बादल बैठकमा अनुपस्थित भए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको विरोध गरेका छन् ।