मोरङ, १२ पुस: प्रदेश नं १ को प्रदेशसभाको सातौ तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिन अपराह्न २ बजे बैठक बस्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिए ।
प्रदेशसभाको यसअघि छैटौँ तथा बजेट अधिवेशन गत साउन ९ गते बसेर अन्त्य भएको थियो ।-रासस/File Photo




प्रतिक्रिया