काठमाडौं, १३ पुस । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई षड्यन्त्रकारीको संज्ञा दिएका छन् । आज राति ८:०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुको समूह नै नेकपाको आधिकारिक भएको पनि सुनाए । प्रचण्डले पार्टी एकताको लागि गम्भिर पहलकदमी नलिएको र सहमतिको भावनाविपरित अघि बढेको उनको आरोप छ ।




प्रतिक्रिया