काठमाडौं, ४ माघ । निर्वाचन आयोगले आगामी निर्वाचनबारे छलफल गर्न विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाएको छ । छलफलको लागि आयोगको कार्यालयमा दलका प्रतिनिधिहरु पुगिसकेको जनाईएको छ ।
संघीय संसदअन्तर्गत प्रतिनिधि सभा विघटनको घोषणासँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १७ र २७ गते नयाँ निर्वाचनको मिति तोकेकी छिन्। निर्वाचनको मिति घोषणा भएसँगै आयोगले आवश्यक तयारी थालेको छ । यता, सरकारले पनि निर्वाचनको लागि आवश्यक थालनी सुरु गरेको जनाएको छ । तर, संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । File Photo




प्रतिक्रिया