सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्धको अवहेलना मुद्दा दर्ता


काठमाडौं, १३ माघ । सर्वोच्च अदालतमा आज प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अवहेलना मुद्दा दर्ता भएको छ । उनीविरुद्ध आइतबार र सोमबार पेश भएका दुई छुट्टाछुट्टै अवहेलनासम्बन्धी मुद्दा मंगलबार दर्ता भएका हुन् ।

ओलीविरुद्ध सर्वोच्च अदालतको मानमर्दन गरेको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले छुट्टाछुट्टै निवेदन पेश गरेका थिए । निवेदनमा कानुन व्यवायीहरुको मादमर्दन गरेको र अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजेको विषय उल्लेख गरिएको छ ।

ओलीले गत हप्ता कानुन व्यवसायीहरुको आलोचना गरेका थिए । उनले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेका थिए ।

प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ । विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको ओलीविरुद्ध आरोप छ ।