काठमाडौं, फागुन २६ । ०७७ सालको कक्षा दशको अन्तिम परीक्षा (एसइई) जेठ १३ गतेदेखि हुने तय भएको छ । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष चन्द्रमणि पौडेलकोअध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले एसइई परीक्षा जेठ १३ देखि असार २४ गतेसम्म सञ्चालन गरिने तय गरेको कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जनाए ।
उनले गत देश कोरोना महामारीको चपेटामा परेकोले एसइई विद्यालयले संचालन गरेको भए पनि यस वर्षको परीक्षा विगत झै बोर्डलेनै संचालन गर्ने समेत जनाए । बोर्डलाई प्राप्त भएको रजिष्ट्रेनको तथ्याँक अनुसार यस वर्ष करिब पाँच लाख विद्यार्थीले एसइई परीक्षामा सहभागिता जनाउन फारम भरेका छन् ।
यसैगरी, ०७७ सालको कक्षा १२ को परीक्षा पनि जेठमै तोकिएको छ । कक्षा १२को परीक्षा जेठ २६देखि असार चार गतेसम्म चल्ने छ । नागरिक दैनिकबाट

प्रतिक्रिया