काठमाडौं, ३ चैत्र । प्रतिनिधिसभाको बैठक संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित् भएको छ । आज (मंगलबार) बसेको बैठकले यादवको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेर स्थगित् भएको हो । स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । संसद्को अर्को बैठक चैत्र ६ गते अपरान्ह १ बजे बस्नेछ ।

शोक प्रस्ताव पारित गर्नुअघि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरु डा. डीला संग्रौला पन्त, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनयन गरेको जानकारी गराए । File Photo/ReportersNepal




प्रतिक्रिया