माछापुछ्रे बैंकको चारस्थानमा एकैपटक क्युआरकोड सेवा


काठमाडौं, ८ चैत्र । माछापुछ्रे बैंकले देशका विभिन्न ४ वटा व्यापारिक संघसंस्थाहरुमा एकैपटक क्युआरकोड सेवा संचालन गरेको छ । बैंकले नगदरहित कारोबारलाई प्रर्वद्धन उद्धेश्यका साथ बैंकले शुक्रबार देशका विभिन्न स्थानहरुमा क्यु.आर.कोड हस्तान्तरण कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

बैंकको अनुसार प्रदेश नम्वर २ को गोलबजारस्थित पुरानो चोहर्वा हाटबजार, बाग्मति प्रदेशको चितवन नारायणघाटस्थित कृषि हाटबजार चितवनमा संचालित विभिन्न यातायात व्यवस्था समितिहरु भरतपुर मलमल यातायात, चितवन यातायात, सम्योग नेपाल यातायात, मुक्तिनगर यातायात, पुर्वि चितवन यातायात, संयुक्त रुट व्यवस्थापन समिति चितवन, गण्डकी प्रदेशको कावासोती स्थित अमलटारी मध्यवर्ति होमस्टेमागरि जम्मा ४ वटा व्यापारिक स्थानहरुमा क्युआरकोड सेवा शुरु गरेको हो ।

बैंकले उक्त क्युआर कोड सेवा सुरु भएसँगै ग्राहकहरुले आफुले उपभोग गरेको बस्तु तथा सेवाको रकमभुक्तानी सिँधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्ने जनाएको छ ।

Skip This

Omoda E5 Pro