जयललिताको जीवनमा आधारीत फिल्म ‘थलाइवी’को ट्रेलर सार्वजनिक


काठमाडौं, ९ चैत्र । बलिउड अभिनेत्री कंगना रनौटको फिल्म ‘थलाइवी’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म तमिलनाडुको मुख्यमन्त्री तथा कलाकार स्व.जयललिताको बायोपिक हो । कंगना रनोटलाई मर्णिका र पंगा जस्ता फिल्ममा दमदार अभिनय गरेकै कारण सोमबार मात्र राष्ट्रिय पुरस्कार दिने घोषणा गरेको छ ।

आज फेरी जयललिताको जीवनमा आधारीत कंगनाको फिल्म ‘थलाइवी’को ट्रेलर रिलिज भएको छ । कंगनाको जन्मदिनको अवसरमा आज फिल्मको ट्रेलरको रिलिज गर्ने निर्माण पक्षले गरेको हो । फिल्मको ट्रेलर एकैदिन चेन्नई र मुम्बईमा रिलिज गरिएको हो । फिल्मको निर्देशन र निर्माण विजयले गरेका छन् ।

‘थलाइवी’ फिल्म जयललिताको जीवनमा आधारीत कहानी हो । फिल्ममा संंघर्षको दिनबाट सफलताको दिनसम्म र देशको प्रभावशाली राजनेता बनेको पुरै यात्रा देखाइएको छ ।