‘एमालेको घरमा काँग्रेसले डकैती गरेको’ गोकुल बाँस्कोटाको आरोप


काठमाडौं, १३ जेठ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेको घरमा नेपाली काँग्रेसले डकैती हानेको आरोप लगाएका छन् । उनले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हु भन्ने गरेको भन्दै प्रश्न गरे ।

आज ट्वीट गर्दै बाँस्कोटाले प्रश्न गरेका छन्, एमालेको घरमा काँग्रेसले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हुन् भन्ने ? काँग्रेसमाथि निर्दलीयताको पक्षपोषण गरेको आरोप लगाउँदै लोकतन्त्रको गीत गाउने हक गुमाएको टिप्पणी समेत गरेका छन् ।

उनले लेखेका छन्ः एमालेको घरमा काङ्ग्रेसले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हुन भन्ने? काङ्ग्रेसले निर्दलीयताकको पक्षपोषण गरेकोले लोकतन्त्रको गीत गाउने हक गुमायो।७६को ५ले स्पष्ट रुपमा दुई वा दुईभन्दा बढी दलकै समर्थन खोजेको छ सांसदहरुको स्वतन्त्र समर्थनलाई अस्विकार गरेको छ।२ र ५ जोडेर हेरौ न ।

Skip This

Omoda E5 Pro