काठमाडौं, १८ जेठ । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ । आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर निषेधाज्ञा लम्ब्याउनेबारे सिफारिश गर्न लागेका हुन् ।
कोरोना भाइरसको महामारीको जोखिम कायमै रहेकोले निषेधाज्ञा लम्ब्याउने तयारीमा सरकार रहेको हो । तर, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको पसलहरु खुल्न दिने गरी निषेधाज्ञा खुकुलो गरिनेछ ।
जेठभर निषेधाज्ञा कायमै राख्ने र विस्तारै खुकुलो बनाउँदै असारमा अन्त गर्ने तयारीमा सरकार रहेको छ । असारमा आर्थिक वर्षको अन्तिम महिना भएकाले कर तिर्नका लागि खोल्ने सरकारको तयारी देखिन्छ ।




प्रतिक्रिया