Logo

महालक्ष्मी बैंकका ग्राहकलाई सिद्धार्थनगर हस्पिटलमा विशेष छुट



काठमाडौं, १९ साउन । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले सिद्धार्थनगर सिटी हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंकले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको अगुवाईमा हस्पिटलसँग सम्झौता गरेको जनाएको छ ।

सम्झौतापत्रमा अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका हुन् । बैंकको अनुसार उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरूमा छुट पाउनेछन् ।

सम्झौता पछि बैंकका डेबिड कार्ड र मोवाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले ओपीडी टिकट, ल्याब सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा र ईसीजी तथा इको सेवामा अधिकतम १० प्रतिशत छुट प्राप्त गर्नुका साथै बेड चार्जमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्