पूर्वसचिवविरुद्ध कानूनी उपचारमा जाने पूर्वमन्त्रीको चेतावनी


काठमाडौं, साउन २२। नेकपा एमालेका नेता तथा पूर्व मन्त्री त्रिलोचन ढकालले नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले आफ्नो चरित्र हत्या गरेको भन्दै कानूनी उपचारमा जाने चेतावनी दिएका छन् ।

पूर्वसचिव उपाध्यायले मनमाहेन अधिकार सरकारको बेला सुकुम्बासी आयोगमार्फत जग्गा लिने एमाले नेताहरु भन्दै त्रिलोचन ढकालको समेत नाम फेसबुक स्टाट्समा लेखेका थिए । दुई लाख बढी फ्लोअर्स भएका उपाध्यायले सामाजिक सन्जालमा भाइरल बनाएपछि ढकालले प्रमाणित गर्न सात दिनको समय दिएका छन् ।

उनले प्रमाणित नगरे साइबर अपराध हुने भन्दै आफू र आफ्नो परिवारले सुकुम्वासीको नाममा जग्गा लिएको प्रमाणित गर्न उपाध्यायलाई चुनौती दिएका हुन् ।