आज यी कम्पनीको लगानीकर्ताले कमाए धेरै


काठमाडौं, २५ साउन । साताको कारोबारको दोस्रो दिन (सोमबार) आज शेयर बजारमा १४ अर्ब बढीको शेयर कारोबार भएको छ।

नेप्सेको अनुसार आज यूनियन हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, कर्पोरेट डेभलपमेन्ट बैंक, आइसीएफसी फाइनान्स कम्पनी, जीवन बिकास लघुवित्तका हिमालयन पावर पार्टनर कम्पनीको सकरात्मक सर्किट लागेको हो । यी कम्पनीको लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् ।

नेप्सेको अनुसार ङादी ग्रुप, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लगायतका लगानीकर्ताले ९ प्रतिशत दरले कमाएका हुन्।