काठमाडौं, २ भदौ । महन्थ ठाकुरको नेतृत्वमा जनता समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक पार्टी दर्ता हुने भएको छ । यसको लागि ठाकुर पक्षका नेताहरु निर्वाचन आयोग पुगिसकेका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि ठाकुर पक्ष नयाँ दल दर्ताको लागि आयोग गएको हो ।
नयाँ पार्टीको चुनाव चिन्ह साइकल राखिएको छ । पार्टीको २४ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको नेता लक्ष्मणलाल कर्णले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।




प्रतिक्रिया