तत्काल क्रियाशिल सदस्यता सार्वजनिक गरिनुपर्छ, हामी अधिवेशन विरोधी होईनौं : लवश्री न्यौपाने


काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका रामेछापका सभापति लवश्री न्यौपाने पनि तत्काल क्रियाशिल सदस्यताको नामावली तत्काल सार्वजनिक गर्न माग गरेका छन् । उनले भने,‘मतदाता नामावाली सार्वजनिक गर्नुपर्छ । मतदाताको नामावली प्रकाशनपछि मात्रै अधिवेशनको सुरुवात गर्नुपर्छ । मेरो रामेछापमा क्रियाशिल विवाद छैन् । आज बन्द कोठामा राखेर क्रियाशिल सदस्यता पठाउने भन्ने कुरा पनि आएको छ, तर यो कुरा हामी मान्दैनौं ।’

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफूहरु अधिवेशनको विरोधी नभएको पनि जिकिर गरे । उनले भने,‘हामी अधिवेशनको कुनैपनि हालतमा विरोधी होईनौं, अहिले र भोलिपनि अधिवेशन गर्न जान्छौं । हामी कोही कसैको दाशी होईनौं । लोकतन्त्रमा विश्वास गर्ने जिल्ला सभापति हौं । हामीले सभापतिको विरोध गरेको होईन । अधिकारको कुरा गरेको हो । मतदाता नामावली निकालेर जाऔं भनेर नेतृत्वलाई भनेका छौं । हाम्रो यही माग हो ।’

Skip This

Omoda E5 Pro