नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा माधव नेपाल, राष्ट्रियसभामा भुसाल चयन


काठमाडौं, १३ भदौ । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलका नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । त्यस्तै, राष्ट्रियसभा, संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन भएका छन् ।

आज बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभाको दलको नेतामा नेपाललाई र राष्ट्रियसभाको दलको नेतामा भुसाललाई चयन गरिएको सांसद विरोध खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीमा प्रतिनिधिसभामा २० र राष्ट्रियसभामा ७ जना सांसद छन् । नेता नेपाललाई आजको बैठकले सर्वसम्मतीले दलको नेता चयन गरेको हो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम