साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा


काठमाडौं, १० असोज । साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका छन् ।
कतारमा भइरहेको प्रशिक्षणपछि अलमुताइरीले नेपाली टोलीको गोलरक्षकमा किरण लिम्बु, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् ।

यस्तै टोलीमा दिनेश राजवंशी, सुरज ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा र रोहित चन्द रहेका छन् । असोज १५ गतेदेखी सुरुहुन लागेको च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा शुक्रवार आयोजक माल्दिभ्ससँग खेल्दैछ ।