अफगानिस्तानबारे जी–२० समिटको बैठक भोलि बस्दै


एजेन्सी, ११ असोज । जी-२० समिटको बैठक भोलि बस्दैछ । रुसी उप–विदेशमन्त्री सेर्गे भर्सिनिन्ले रुसी सञ्चारमाध्यम तासलाई उक्त विषयको जानकारी गराएका हुन् । बैठक अफगानिस्तानबारे हुने जनाइएको छ ।

रुसको तर्फबाट उक्त बैठक कस्ले नेतृत्व गर्ने विषय अझैँ खुलाइएको छैन् । जी २० का नेतृत्व गर्ने इटलीका प्रधानमन्त्री मारियो ड्रयागीको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘संयुक्त राष्ट्रसंघका महासभापछि बैठकको आयोजना गरिएको छ । बैठक अफगानिस्तानमा केन्द्रित हुनेछ ।’-Photo: Agency