काठमाडौँ, १४ असोज। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज-भोलि नै मन्त्रिपरिषद विस्तार हुने बताएका छन्। शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले मन्त्रिपरिषद बिस्तारमा अब ढिलाइ नहुने बताएका हुन् ।
सम्बोधन गर्दै प्रचण्डले भने, ‘ हामीले अर्थ र उर्जा मन्त्रालय लिएका छौँ। आज-भोलि नै मन्त्रिपरिषद बिस्तार टुंगिन्छ होला।’साँझा न्युनतमा कार्यक्रममा रहेको विषय कार्यान्वयन गराउन आफूले पहल गर्ने उनले बताएका थिए । आज बालुवाटारमा बसेको सर्वदलीय बैठकमा पनि सरकारका कामका बारेमा चर्चा भएको प्रचण्डको भनाई छ।




प्रतिक्रिया