राजपरिवारकाे सदस्यता त्यागेर सामान्य नागरिकसँग बिहे गर्दै जापानकी राजकुमारी


एजेन्सी, १५ असोज: आफ्नो शाही पहिचानलाई त्यागेर जापानकी राजकुमारी माकोले पूर्व सहपाठीसँग बिहे गर्ने भएकी छिन्। यसै महिना उनीहरुको बिहे हुँदैछ। बिहेको मिति २६ अक्टोबरलाई तय भएको जनाइएको छ।

जोडीको पहिलो भेट भने सन् २०१२ मा भएको थियो। राजधानी टोकियोमा रहेको इन्टरनेसनल क्रिस्चियन युनिभर्सिटीमा उनीहरु सँगै पढ्थे। यी दुईको सन् २०१७ मै इन्गेजमेन्ट भएको थियो भने २०१८ मा बिहेको तयारी पनि भएको थियो । बिहे रोकिएको विषय पछिमात्र खुलेको थियो कि कोमुरोको आमाले पूर्व पतिबाट लिएको ऋण तिर्न सकेकी थिइनन्।

दरबार छाड्दा माकोले पाउने १३ लाख अमेरिकी डलर पाउने छैनन्। शाही परिवारका सदस्यले घर छाड्दा यस्तो रकम उपलब्ध गराइने परम्परा छ। उनले बिहेको शाही शैली पनि नअपनाउने अपेक्षा गरिएको छ। यसो भयो भने पैसा नबुझ्ने र शाही शैली नअपनाउने उनी पहिलो शाही सदस्य हुनेछिन्।