संखुवासभा कांग्रेस सभापतिमा पूर्वमन्त्री खड्का अत्याधिक मतले विजयी


संखुवासभा, असोज १८ । नेपाली कांग्रेसको संखुवासभाको जिल्ला सभापतिमा खड्का पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्का विजयी भएका छन्।

सोमबार सम्पन्न मत गणना परिणाम अनुसार उनले एक हजार एक सय ९८ मत पाएका छन्।

नेपाली कांग्रेस संखुवासभा जिल्ला कार्यसमितिको १४औ महाधिवेशनमा एक हजार तीन सय ५२ मत खसेका थिए। जसमध्ये खड्काले एक हजार एक सय ९८ मत पाएका हुन्।

Skip This

Omoda E5 Pro