बाजुरामा कांग्रेस जिल्ला सभापतिका लागि दोस्रो चरणको मतदान हुँदै


बाजुरा, असोज २१ । नेपाली कांग्रेस बाजुराको जिल्ला अधिवेशनमा पहिलो चरणको मतदानमा कुनै पनि उम्मेद्वारको ५१ प्रतिशत मत नपुगेपछि फेरी मतदान हुने भएको छ।

जिल्लामा तीन जना उम्मेदवार सभापतिको दौडमा थिए। जसअनुसार बिहीबार बिहान सम्पन्न मतगणनामा कुनै उम्मेद्वारको ५१ प्रतिशत नपुगेपछि पुनः मतदान हुने निर्वाचन समितिले जनाएको छ।

जिल्लामा जम्मा १ हजार २ सय १२ मतमध्ये १ हजार २ सय ५ मत खसेको थियो। पहिलो चरणको उक्त मतदानमा सभापतिका उम्मेदवार कविराज पण्डितको ४ सय ८९ र उनका निकटतम प्रतिद्वन्द्वी रामसिंह रावलले ४ सय ७४ मत प्राप्त गरे। अर्का प्रतिस्पर्धी चक्र शाहले भने १ सय ५२ मत पाएका थिए।

Skip This

Omoda E5 Pro