Logo १० पुस २०८२, बिहीबार
  • Logo
  • गृहपृष्‍ठ
  • समाचार
  • कर्पोरेट
  • खेलकुद
  • विश्व
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्य
    • जनता जान्न चाहन्छन
    • सुरक्षा
    • फोटो फिचर
    • भिडियो
    • राष्ट्रिय
  • English

रिपोर्टर्स नेपालसर्च गर्नुहोस्

  • केपी शर्मा ओली कोरोना भाइरस नेकपा एमाले नेपाली कांग्रेस पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रहरी शेरबहादुर देउवा
  • गृहपृष्‍ठ
  • समाचार
  • स्वास्थ्य
  • अन्तरवार्ता
  • अर्थतन्त्र
  • खेलकुद
  • विचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • फोटो फिचर
  • विज्ञान-प्रविधि
  • विविध
  • विशेष
  • साहित्य

निर्माण भयो रघुगंगा गाउँपालिकाको बहुद्देश्यीय भवन

रिपोर्टर्स नेपाल
October 13, 2021 7:54 am
434
Shares

म्याग्दी, २७ असोज : म्याग्दीको रघुगंगा गाउँपालिकाको भवन निर्माण भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा प्रशासनिक प्रयोजनका लागि बहुद्देश्यीय भवन बनेको हो । रु एक करोड १० लाख लागत अनुमान गरिएको भबन बनाउन विसं २०७७ फागुनमा हिमालयन बिल्डर्सले रु ७६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

चौतिस फिट चौडाइ र ४४ फिट लम्बाइ भएको तीन तले भवनको भुइँ तलामा पाँच कोठा रहेको गाउँपालिकाका इञ्जिनियर सुदीप गौतमले जानकारीदिनुभयो । “ठेक्कामा बचेको रु. २५ लाख बजेटले सभाहलको चौडाई बढाएर उपभोक्ता समिति मार्फत प्रत्येक तलामा दुई÷दुई वटा कोठा थप गरिएको छ,” उहाँले भन्नुभयो “उपभोक्ता समितिसँग भएको सम्झौता अनुसारको काम सकिएको छ । निर्माण व्यवसायीले रंगरोगन, ¥यालमा सिसा राखने र बिद्युत जडान बाहेकका काम सकेका छन् ।” सभाहल रहेको पहिलो तलामा कोठा बिभाजन गरेर अगामी तिहार लगत्तै कार्यालय सञ्चालन गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत सुबेदीले बताउनुभयो ।

अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्राबिधिक र लेखा शाखालाई नयाँ भवनमा सार्ने योजना छ । गत असार महिनाभित्रनै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । कोरोनाको जोखिम र निषेधाज्ञाका कारण थपिएको समय भित्रै भवन निर्माण सकिन लागेको हो । भवनको माथिल्लो तलामा सभाहल बनाउन यस बर्ष बिनियोजन भएको बजेटबाट ठेक्का आव्हान गर्ने तयारी भएको छ । हाल गाउँपालिकाको कार्यालय मासिक रु. एक लाख भाडा तिरेर मौवाफाँट स्थित चार निजी घरबाट सञ्चालन गरिएको छ ।

मौवाफाँटमा समुदायबाट प्राप्त भएको जग्गा ब्यवस्थापन गरेर पहिलो पटक गाउँपालिकाको पूर्बाधार निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले २५ रोपनी जग्गा ब्यवस्थापन गरेर सडक, गाउँपालिका र जग्गाधनीलाई ३३÷३३ प्रतिशत बाँडफाड गरिएको बताउनुभयो । “आठ रोपनी जग्गा गाउँपालिकालाई निशूल्क दिनुभएको हो,” उहाँले भन्नुभयो “३२ जग्गाधनीको सहमति लिएर चार वर्षदेखि जग्गा ब्यवस्थापनको काम सुरु गरेका थियौ ।”

जग्गा ब्यवस्थापन र बिकास गर्न रु. दुई करोड ५० लाख भन्दा बढी खर्च भएको छ । धेरै जनाको थोरैथोरै जग्गालाई एकीकृत र चक्लाबन्दी गरेर वरपर आठ मिटर फराकिलो सडक बनाइएको छ । माथिल्लो र तल्लो भागको जग्गा सम्बन्धित जग्गाधनीलाई फिर्ता गरिएको छ । बीचको जग्गा गाउँपालिकालाई उपलब्ध गराइएको छ ।

प्रतिक्रिया

  • भर्खरै
  • लोकप्रिय
१.

पर्वले सामूहिक भावना र सद्भावलाई मजबुत बनाएका छन् : कावा सभापति खड्का

२.

उपराष्ट्रपति यादवद्वारा क्रिसमस पर्व २०२५ को शुभकामना व्यक्त

३.

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

४.

त्रिविको ५१औँ दीक्षान्त समारोह आज, १६ हजार बढी विद्यार्थी दीक्षित हुँदै

५.

डिसेम्बर २५ : आज ‘क्रिसमस डे’ मनाइँदै

थप अपडेट
१.

संसद् विघटनविरुद्धका १७ वटा रिटमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले पठाए लिखित जवाफ, सबै रिटमा एकैसाथ सुनुवाइ हुने

२.

राप्रपा र राप्रपा नेपालबीच आज ६ः५७ बजे एकता तय, जम्मा एक बुँदे सहमति !

३.

बालेनलाई रविको दुई अफरः रास्वपाको सभापति बन्ने कि प्रधानमन्त्री ?

४.

महामन्त्री थापाको निकटतामा वडाअध्यक्ष ढकालको ठगी धन्दा, व्यक्तिदेखि सहकारीसम्म पीडित

५.

अहिलेकै परिस्थिति कायम रहे राजसंस्था फर्कनसक्छ : विद्यादेवी भण्डारी

६.

संसद् पुनःस्थापनाका लागि कांग्रेस–एमाले पूरक रिट दिने तयारीमा, १३८ बढि सांसद पुर्याउनेगरि हस्ताक्षर संकलन

ऋद्धि सिद्धि मिडिया प्रा.लि.

  • सुचना बिभाग दर्ता नं. : १४१२ /०७५-७६
  • सञ्चालक: ऋषिराज धमला
  • सम्पादक: रुद्र बहादुर कार्की
  • +977 01-5902213/14
  • [email protected]

सोसल मिडिया

  • Facebook
  • Twitter
  • Instagram
  • Youtube

युटिलिटि

  • युनिकोड
  • शेयर क्यालकुलेटर
  • ईएमआई क्यालकुलेटर
  • ल्यान्ड क्यालकुलेटर
  • वजन क्यालकुलेटर
  • तापमान क्यालकुलेटर

न्याभिगेशन

  • गृहपृष्‍ठ
  • समाचार
  • अर्थ
  • खेलकुद
  • विश्व
  • मनोरञ्जन
  • स्वास्थ्य
  • जनता जान्न चाहन्छन
  • सुरक्षा
  • फोटो फिचर
About Us Advertise Contact Media Kit
© 2002-2025 Riddhi Siddhi Media Pvt. Ltd.
Designed & Developed by:Appharu.com