Logo ४ बैशाख २०८३, शुक्रबार
  • Logo
  • गृहपृष्‍ठ
  • समाचार
  • कर्पोरेट
  • खेलकुद
  • विश्व
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्य
    • जनता जान्न चाहन्छन
    • सुरक्षा
    • फोटो फिचर
    • भिडियो
    • राष्ट्रिय
  • English

रिपोर्टर्स नेपालसर्च गर्नुहोस्

  • केपी शर्मा ओली कोरोना भाइरस नेकपा एमाले नेपाली कांग्रेस पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रहरी शेरबहादुर देउवा
  • गृहपृष्‍ठ
  • समाचार
  • स्वास्थ्य
  • अन्तरवार्ता
  • अर्थतन्त्र
  • खेलकुद
  • विचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • फोटो फिचर
  • विज्ञान-प्रविधि
  • विविध
  • विशेष
  • साहित्य

निर्माण भयो रघुगंगा गाउँपालिकाको बहुद्देश्यीय भवन

रिपोर्टर्स नेपाल
October 13, 2021 7:54 am
434
Shares

म्याग्दी, २७ असोज : म्याग्दीको रघुगंगा गाउँपालिकाको भवन निर्माण भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा प्रशासनिक प्रयोजनका लागि बहुद्देश्यीय भवन बनेको हो । रु एक करोड १० लाख लागत अनुमान गरिएको भबन बनाउन विसं २०७७ फागुनमा हिमालयन बिल्डर्सले रु ७६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

चौतिस फिट चौडाइ र ४४ फिट लम्बाइ भएको तीन तले भवनको भुइँ तलामा पाँच कोठा रहेको गाउँपालिकाका इञ्जिनियर सुदीप गौतमले जानकारीदिनुभयो । “ठेक्कामा बचेको रु. २५ लाख बजेटले सभाहलको चौडाई बढाएर उपभोक्ता समिति मार्फत प्रत्येक तलामा दुई÷दुई वटा कोठा थप गरिएको छ,” उहाँले भन्नुभयो “उपभोक्ता समितिसँग भएको सम्झौता अनुसारको काम सकिएको छ । निर्माण व्यवसायीले रंगरोगन, ¥यालमा सिसा राखने र बिद्युत जडान बाहेकका काम सकेका छन् ।” सभाहल रहेको पहिलो तलामा कोठा बिभाजन गरेर अगामी तिहार लगत्तै कार्यालय सञ्चालन गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत सुबेदीले बताउनुभयो ।

अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्राबिधिक र लेखा शाखालाई नयाँ भवनमा सार्ने योजना छ । गत असार महिनाभित्रनै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । कोरोनाको जोखिम र निषेधाज्ञाका कारण थपिएको समय भित्रै भवन निर्माण सकिन लागेको हो । भवनको माथिल्लो तलामा सभाहल बनाउन यस बर्ष बिनियोजन भएको बजेटबाट ठेक्का आव्हान गर्ने तयारी भएको छ । हाल गाउँपालिकाको कार्यालय मासिक रु. एक लाख भाडा तिरेर मौवाफाँट स्थित चार निजी घरबाट सञ्चालन गरिएको छ ।

मौवाफाँटमा समुदायबाट प्राप्त भएको जग्गा ब्यवस्थापन गरेर पहिलो पटक गाउँपालिकाको पूर्बाधार निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले २५ रोपनी जग्गा ब्यवस्थापन गरेर सडक, गाउँपालिका र जग्गाधनीलाई ३३÷३३ प्रतिशत बाँडफाड गरिएको बताउनुभयो । “आठ रोपनी जग्गा गाउँपालिकालाई निशूल्क दिनुभएको हो,” उहाँले भन्नुभयो “३२ जग्गाधनीको सहमति लिएर चार वर्षदेखि जग्गा ब्यवस्थापनको काम सुरु गरेका थियौ ।”

जग्गा ब्यवस्थापन र बिकास गर्न रु. दुई करोड ५० लाख भन्दा बढी खर्च भएको छ । धेरै जनाको थोरैथोरै जग्गालाई एकीकृत र चक्लाबन्दी गरेर वरपर आठ मिटर फराकिलो सडक बनाइएको छ । माथिल्लो र तल्लो भागको जग्गा सम्बन्धित जग्गाधनीलाई फिर्ता गरिएको छ । बीचको जग्गा गाउँपालिकालाई उपलब्ध गराइएको छ ।

प्रतिक्रिया

  • भर्खरै
  • लोकप्रिय
१.

गाँजालाई बालेन्द्र सरकारले वैधानिकता नदिए आन्दोलन गर्छु :भीम उपाध्याय

२.

हामी कुनैपनि कुरा लुकाउनुपर्छ, छिपाउनु पर्छ भन्ने पक्षमा छैन:सभामुख अर्याल

३.

कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह

४.

संसदीय दलको नेताबारे छलफल गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै

५.

ट्रेड युनियन अधिकार खारेज गर्ने सरकारको निर्णयमा संगठनहरूको ध्यानाकर्षण

थप अपडेट
१.

मन्त्री पद नपाएपछि सांसदले दिए राजीनामा

२.

परस्त्रीको कोठामा सुटुक्क पुगेका थिए प्रहरी जवान, विवाहेत्तर प्रेम सम्बन्धले लियो ज्यान

३.

रास्वपा सांसद तामाङसँग दुई सय ५० रुपैयाँको सुन !

४.

राष्ट्र बैंकका हाकिमका छोरा सबैभन्दा धनी मन्त्री

५.

‘जन्मदै मुखमा सुनको चम्चा लिएर आएका मन्त्रीहरु भोलीका अर्बपति’

६.

राप्रपाले स्वागत नेपाललाई पार्टीको साधारण सदस्यतासमेत पत्याएन

ऋद्धि सिद्धि मिडिया प्रा.लि.

  • सुचना बिभाग दर्ता नं. : १४१२ /०७५-७६
  • सञ्चालक: ऋषिराज धमला
  • +977 01-5902213/14
  • [email protected]

सोसल मिडिया

  • Facebook
  • Twitter
  • Instagram
  • Youtube

युटिलिटि

  • युनिकोड
  • शेयर क्यालकुलेटर
  • ईएमआई क्यालकुलेटर
  • ल्यान्ड क्यालकुलेटर
  • वजन क्यालकुलेटर
  • तापमान क्यालकुलेटर

न्याभिगेशन

  • गृहपृष्‍ठ
  • समाचार
  • अर्थ
  • खेलकुद
  • विश्व
  • मनोरञ्जन
  • स्वास्थ्य
  • जनता जान्न चाहन्छन
  • सुरक्षा
  • फोटो फिचर
About Us Advertise Contact Media Kit
© 2002-2026 Riddhi Siddhi Media Pvt. Ltd.
Designed & Developed by:Appharu.com