सर्वोच्च अदालत भित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन : ओली


विराटनगर, ९ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत भित्रको अशोभनीय गुटबन्दीमा आफुहरु नपस्ने बताएका छन् । प्रेस चौतारी मोरङले विराटनगरमा आज (मंगलबार) आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

कार्यकारी निकायसँग लेनदेनमा सहभागी भएको जस्ता आरोप लागेर विवादमा आएका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नागरिक समाज र कानुन व्यावसायीले राजीनामा माग गरिरहेका छन् । यस विषयमा सत्ता पक्षका नेताहरु मौन बसिरहेको भन्दै ओलोचना भइरहेकै बेला एमाले अध्यक्ष ओलीले प्रधानन्याधीशको राजीनामा नमाग्ने र महाअभियोगको माग पनि नगर्ने संकेत गरेका छन् ।

प्रधानन्यायधीशलाई महाअभियोग लगाउने कुनै कुरा छ कि भन्ने पत्रकारको प्रश्नमा ओलीले अदालत भित्र भइरहेको दाउपेच र गुटबन्दीमा नपस्ने बताएका छन् ।‘हाम्रो चिन्ता सर्वोच्च अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अङ्गको रुपमा राख्ने हो,’ ओलीले भने, ‘हामीलाई दाउपेचमा पस्नु छैन, सर्वोच्च अदालत भित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन ।’ ‘राजीनामा दिनुपर्छ कि पर्दैन भन्ने त्यस विवादमा कतै पट्टी पक्षधरता एमालेले जनाउनुपर्ने होइन, उनले भने, ‘हामीलाई त निष्पक्ष न्यायालय चाहिएको हो ।’

Skip This

Omoda E5 Pro