२४ वर्षीया करुणा पाण्डेद्धारा कांग्रेस महाधिवेशन प्रतिनिधिको उम्मेदवारी


काठमाडौं, ५ मंसिर । विद्यार्थी नेतृ करुणा पाण्डेले नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नुवाकोट क्षेत्र नं १ (क) बाट केन्द्रीय महाधिवेशन प्रतिनीधि पदको उम्मेदवारी घोषणा गरेकी छिन् । २४ वर्षीया पाण्डेले अर्जुन नरसिंह केसीको प्यानलबाट महिला तथा खुल्लातर्फ महाधिवेशन प्रतिनिधीको उम्मेदवारी घोषणा गरेकी हुन् ।

पब्लिक युथ क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेकी नेतृ पाण्डे कलाकारीता समेत गर्दै आएकी छिन् । उनको मुख्य भुमिका रहेको फिल्म ‘तिम्रो हुने कहिले’ अहिले प्रदर्शन भइरहेको छ । को क्रममा रहेको छ । कोरोना महामारीको समयमा उनले शिवपुरीमा स्वास्थ्य सामाग्री पनि वितरण गरेकी थिइन् । समाजसेवा गर्ने उनले जीवनको लक्ष्य राखेकी छिन् ।

धेरै वर्षदेखि सम्पुर्ण घरपरिवारै नेपाली कांग्रेस पार्टीमा लागेको पाण्डेले विभिन्न काम गर्ने क्रममा अवरोध आउने र कुनै काम गर्दा पहुँच हुनेले शक्ति प्रदर्शन गर्ने भएकोले गर्दा आफु राजनीतीमा होमिएको बताइ्न् । उनले भनिन्, ‘के नेताको आफन्त र श्रीमतीले मात्र प्रतिनिधी बन्न पाउने, सामान्य परिवारका पार्टीका कार्यकर्ताहरु चाँही योग्य भएर पनि हेरेर बस्नुपर्ने, यस्तो प्रथाको अन्त्य गर्नको लागि मैले उम्मेदवारी घोषणा गरेकी हुँ ।’

 

Skip This

Omoda E5 Pro