उदयशमशेर राणामाथि मदन अमात्यद्वारा हातपात


ललितपुर, १२ मंसिर । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणामाथि कांग्रेस ललितपुर जिल्ला सभापति मदन अमात्यले आक्रमण गरेका छन् ।

आज विहान ललितपुर जिल्ला सभापतिका लागि जारी मतदानमा जितेन्द्र श्रेष्ठको पक्षमा मत मागिरहेका राणामाथि अमात्यले आक्रमण गरेका हुन् ।

राणा श्रेष्ठको पक्षमा खुलेका छन् भने अमात्य जिल्ला सभापतिका प्रत्यासी रामकृष्ण चित्रकारको पक्षमा खुलेर लागेका छन् ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि आज दोस्रो चरणको मतदान हुने क्रममा राणाले प्रचार सामग्रीसहित अमात्य समुहलाई निर्वाचन हल भित्र नजान आग्रह गर्दा उनीमाथि हातपात भएको जनाईएको छ ।

राणामाथि अमात्य समूहले हातपातको प्रयास गरेपछि नाराबाजी समेत भएको छ ।