इंग्लिस प्रिमियर लिगः घरेलु मैदानमा आर्सनलको जित


काठमाडौं, १२ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले न्युकासल युनाईटेडमाथि जित निकालेको छ ।

शनिबार राति भएको खेलमा आर्सनलले न्युकासल युनाईटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ५६ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

६६ औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई २–० को जित दिलाए ।

जितसँगै आर्सनलले १३ खेलमा २३ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ ।

न्युकासल ६ अंकका साथ तालिकाको पुछारमा रहेको छ ।