इंग्लिस प्रिमियर लिगः बर्नलीमाथि युनाईटेडको जित


काठमाडौं, १६ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले बर्नलीमाथि जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा युनाईटेडले बर्नलीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलको आठौं मिनेटमा गोल गर्दै स्कट म्याकटोमीनेले युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २७औं मिनेटमा बी मिले आत्मघाती गोल गरेपछि युनाईटेडको अग्रता दोब्बर बन्यो ।

साथै, क्रिस्टियानो रोनाल्डोले ३५औं मिनेटमा गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए ।

खेलको ३८औं मिनेटमा बर्नलीका लेननोनले एक गोल फर्काउदै खेललाई ३–१ को अवस्थामा ल्याए ।

युनाईटेडले १८ खेलमा ३१ अंक जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ ।

साथै, ११ अंक जोडेको बर्नली १८औं स्थानमा रहेको छ ।